ज्येष्ठ नागरिकका सेवालाई विस्तार र गुणस्तरीय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

ज्येष्ठ नागरिकका सेवालाई विस्तार र गुणस्तरीय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतीहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक रहेको बताएका छन् ।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकार  एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न निरन्तर लागिपरेको  बताएका छन् ।

प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको उल्लेख गरेका छन् ।  

उनले जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकप्रति बधाइ तथा शुभकामना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएका छन् ।

२०७८ सालदेखि पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइँदै आएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : ५३ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक