ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छिन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न सकिने बताएकी छिन् ।

सन्देशमा उनले बितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्धति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तन देखिन थालेकाे उल्लेख गरेकी छिन् । उनले ठूलो आकारको संयुक्त परिवारको सट्टा सानो एकल परिवारमा बस्ने प्रचलन बढ्दै गएको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ– ‘यस्तो परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदैछ, पूर्वीय संस्कृतिमा आधारित हाम्रो परिवार प्रणाली, मूल्य मान्यता, संस्कार र संस्कृतिलाई बचाउँदै जीवनको उत्तरार्द्धमा पुगेका ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित जीवनलाई सुनिश्चित गर्ने परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक रहेको छ ।’

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउन सुरु गरिएको यो तेस्रो वर्ष हो ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ०० बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता