काठमाडौं– नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ । बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई ध्यानमा राख्दै आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान नेपालमा भित्र्याउन लागेको हो ।
कमपनीका अनुसार मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा उपयोगी हुने यस भ्यान १४ सिट क्षमताको छ । हाइलोङ अटोमोबाइल ब्राण्डका गाडी चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् ।
हाइलोङको स्थानीय साझेदार आर्क्स ग्रुप ४५ वर्षदेखि व्यवसायमा सक्रिय छ। यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव छ।
कम्पनीले उक्त भ्यानको स्पेसिफिकेसन र मूल्य बारे अहिले केही खुलाएको छैन ।
प्रतिक्रिया