विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ  « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

मोरङकाे बिराटनगर महानगरपालिका- १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बस्ने २५ वर्षीय मिलन राईलाई मंगलबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका- ११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना ८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक गुरुङलाई पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरकाे भिमदत्त नगरपालिका- ४ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ मिलिग्रामसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका-६ बनगाउँ बस्ने २८ वर्षीय बिनोद भुजेल र २३ वर्षीय राजिब चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको