चुडामणि शर्माको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा | Khabarhub Khabarhub

चुडामणि शर्माको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ ।

आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको अख्तियारले जनाएको छ ।

यो हिसाबमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगले दाबी गरेको छ । आयोगले उक्त रकम शर्माले गैर कानुनी रुपमा आर्जन गरेको दाबीसहित सर्वोच्च अदालतमा पुनरावदेन दिएको हो ।

आयोगले सर्वोच्च अदालतमा पुनरावदेन गर्दा विशेष अदालतको फैसला खण्डन गर्ने विभिन्न आधार समेत पेस गरेको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : २५ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार