चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा सुधार « Khabarhub

चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा सुधार


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानले चालु आर्थिक वर्षको डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ । 

कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार आँकडा र माथि जाने प्रवृत्तिले पाकिस्तानको लचिलोपनलाई प्रतिबिम्बित गरेको उल्लेख छ ।

‘हामी आफ्ना निर्यातलाई सक्षम बनाउने र निर्यातका लागि नयाँ गन्तव्य खोज्ने दिशामा काम जारी राख्नेछौँ’, मन्त्री इजाजले भने । 

यसै आर्थिक वर्षको डिसेम्बर २० सम्ममा पाकिस्तानको निर्यात बढेर १४ अर्ब डलर पुगेको विज्ञप्तिमा उल्लेख छ । यसले वार्षिकरूपमा ७० करोड ९० लाख डलरले सुधार भएको देखाएको छ ।

विज्ञप्तिमा यसै अवधिमा आयातको आँकडा गत आर्थिक वर्षको सोही अवधिको २९ अर्ब २० करोड डलरबाट घटेर २४ अर्ब ३० करोड डलर भएको जनाइएको छ । यसले आयातमा वार्षिकरूपमा चार अर्ब ९० करोड डलरले घटेको देखाएको छ ।

मन्त्रालयका अनुसार इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, मडागास्कर र चीनसहित प्रमुख स्थानमा पाकिस्तानको निर्यातमा महत्त्वपूर्ण वृद्धि भएको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको