चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा सुधार | Khabarhub Khabarhub

चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा सुधार


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद पाकिस्तानले चालु आर्थिक वर्षको डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ । 

कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार आँकडा र माथि जाने प्रवृत्तिले पाकिस्तानको लचिलोपनलाई प्रतिबिम्बित गरेको उल्लेख छ ।

‘हामी आफ्ना निर्यातलाई सक्षम बनाउने र निर्यातका लागि नयाँ गन्तव्य खोज्ने दिशामा काम जारी राख्नेछौँ’, मन्त्री इजाजले भने । 

यसै आर्थिक वर्षको डिसेम्बर २० सम्ममा पाकिस्तानको निर्यात बढेर १४ अर्ब डलर पुगेको विज्ञप्तिमा उल्लेख छ । यसले वार्षिकरूपमा ७० करोड ९० लाख डलरले सुधार भएको देखाएको छ ।

विज्ञप्तिमा यसै अवधिमा आयातको आँकडा गत आर्थिक वर्षको सोही अवधिको २९ अर्ब २० करोड डलरबाट घटेर २४ अर्ब ३० करोड डलर भएको जनाइएको छ । यसले आयातमा वार्षिकरूपमा चार अर्ब ९० करोड डलरले घटेको देखाएको छ ।

मन्त्रालयका अनुसार इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, मडागास्कर र चीनसहित प्रमुख स्थानमा पाकिस्तानको निर्यातमा महत्त्वपूर्ण वृद्धि भएको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : ५९ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि