निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध इन्डोनेसियाका मजदुरले गरे प्रदर्शन « Khabarhub

निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध इन्डोनेसियाका मजदुरले गरे प्रदर्शन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जाकर्ता– सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए । 

सुलावेसी टापुको मोरोवाली औद्योगिक पार्कमा रहेको पिटी इन्डोनेसिया सिङसान स्टेनलेस स्टिल (आइटिएसएस) को स्वामित्वमा रहेको प्लान्टमा मजदुरले भट्टी मर्मत गर्ने क्रममा शनिबार बिहान दुर्घटना भएको थियो । 

सुलावेसी खनिजले सम्पन्न मुलुकको निकेल उत्पादनको केन्द्र हो । निकेल विद्युतीय सवारीको बेट्री र स्टेनलेस स्टिलमा प्रयोग गरिने धातु हो । यस क्षेत्रमा चीनको बढ्दो लगानीले तलब र कामको अवस्थालाई लिएर अशान्ति निम्त्याएको छ । 

एएफपीले प्राप्त गरेको तस्बिरहरूमा सयौँ मजदुर परिसरबाहिर विरोध प्रदर्शनमा भाग लिइरहेको देखिएको छ । मजदुरको प्रतिनिधित्व गर्ने युनियनले प्रहरीलाई पठाएको पत्रअनुसार प्रदर्शनकारीले व्यवस्थापनसमक्ष २३ वटा मागको सूची दिएका छन् ।

मागमा धातु पगाल्ने संयन्त्रलाई राम्रो अवस्थामा राख्नुपर्ने, आपतकालीन स्थितिको सामना गर्न स्वास्थ्य क्लिनिकको सुधार गर्नुपर्ने र चिनियाँ मजदुरलाई इन्डोनेसियाली भाषा सिक्नका लागि बाध्य बनाउनुपर्ने रहेका छन् । 

प्रहरीका अनुसार विस्फोटपछि घाइते भएका ३० जनाको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मृतकमध्ये आठ चिनियाँ पनि रहेको जानकारी दिए। उनले उक्त दुर्घटनाबाट बेइजिङ ‘अत्यन्त दुःखी’ रहेको बताए । 

उनले दैनिक प्रेस ब्रिफिङमा भने,’चीनले सधैँ चिनियाँ लगानीको विदेशी परियोजनाहरूमा सुरक्षित उत्पादनलाई उच्च महत्त्व दिएको छ ।’ विश्वको सबैभन्दा ठूलो निकेल उत्पादक तथा चीनको सबैभन्दा ठूलो स्टेनलेस  स्टिल निर्माता सिङसान होल्डिङ ग्रुपसँग आइटिएसएसमा ठूलो हिस्सा रहेको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ३७ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन