वैतेश्वरका ग्रामीण सडक र गोरेटो बाटो ढलान हुँदै  « Khabarhub

वैतेश्वरका ग्रामीण सडक र गोरेटो बाटो ढलान हुँदै 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

दोलखा– पूर्वाधार विकासमा अब्बल बन्दै गएको दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाले धमाधम स्थानीय सडक र गोरेटो बाटो निर्माणलाई तीव्रता दिएको छ।

पालिकाको वडा नम्बर-४ र ३ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर-६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदान सहयोगमा मैनापोखरी ज्यामिरे- बगर सडकको ढलान अन्तिम चरण पुगेको हो ।

उक्त सडक निर्माण गर्न बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालु वर्ष ५०/५० लाख बजेट विनियोजन गरेको थियो । यस सडकको ढलान कार्य वैतेश्वर गाउँपालिकाले ठेक्का मार्फत गरिरहेको छ।

यस सडक खण्डमा पहिलो चरणमा करिब साढे पाँच सय मिटर सडक ढलान हुने वैतेश्वर गाउँपालिका सव- इन्जिनियर विश्वास घिमिरेले बताए।त्यस्तै वडानम्बर-६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख अनुदानमा दुई सय मिटर ढलान सम्पन्न भएको हो।

त्यसैगरी पालिकाको ५० लाख र बागमती प्रदेशको ५० लाख अनुदानमा अस्पताल- पाँडुडाँडा सडक र वडा नम्बर- ६ र ७ लाई जोड्ने च्यानडाँडा- छाप सडकमा पनि ढलान गर्नको लागि तयारी थालिएको छ। च्यानडाँडा- छापसडक ढलानको लागि पनि पालिका र प्रदेश सरकारको ५०/५० लाख बजेट विनियोजन गरिएको छ।

त्यसैगरी नाम्दु- पाँडुडाँडा सडक ढलान गर्न संघीय सरकारको ७५ लाख अनुदान पालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको छ। भने,पालिकाले पुराना ४ सडक गोपि-जोरमाने सडक,बुस्ती- पुतलिकाठ सडक,देउराली- क्षत्रपा सडक ढलान गर्न प्रति सडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए।सडकमा ढलान गर्न सुरु गरेसँगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तीव्रता दिएका छन्।

पालिकाले यस वर्ष करिब ९ किलोमिटर सडक ढलान गर्ने योजना बनाएको अध्यक्ष लामाले बताए। पालिकालाई ५ वर्ष भित्र हिलोमुक्त बनाउने अभियान अन्तर्गत धमाधम स्थानीय सडक तथा ग्रामीण गोरेटो बाटो निर्माण गर्ने कार्यलाई तीव्रता दिएको वैतेश्वर गाउँपालिका योजना शाखा प्रमुख वासुदेव दाहालले जानकारी दिए। पालिकाले चालु वर्ष ९ किलोमिटर पक्की सडक र साढे पाँच किलोमिटर गोरेटो बाटो निर्माण गर्ने जनाएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार