आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द | Khabarhub Khabarhub

आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

पेरिसफ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।

टावर हेर्नका लागि दिइँदै आएको पर्यटकीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ ।

महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ। सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ । 

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन् । 

आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४६ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज