परीक्षा र नतिजा समयमा हुनुपर्ने भन्दै त्रिविमा प्रदर्शन « Khabarhub

परीक्षा र नतिजा समयमा हुनुपर्ने भन्दै त्रिविमा प्रदर्शन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको समग्र प्रणालीमा सुधारको माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन प्रदर्शन भएको छ ।

त्रिभुवन विश्वविद्यालयको वर्षौँदेखिको बेथिति सुधारको माग गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा आज प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, राजस्व तिर्न भोग्नुपर्ने झन्झटको अन्त्य गर्नुपर्ने, प्रमाणपत्र वितरण समयमा हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रदर्शनमा बोल्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका सभापति श्यामराज ओझाले त्रिवि पदाधिकारीको अकर्मण्यताका कारण हजारौ विद्यार्थीको भविष्य अन्योल बनेको बताए ।

उनले कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिँदा रिक्त रहेको उपकुलपति र प्राध्यापक नियुक्तिमा ढिलाइ भएको आरोप लगाए । त्रिविलाई समयमै सुधारको प्रयास नगरिए अवस्था झनै जर्जर हुँदै जाने उनीहरूको चेतावनी छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ५२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित