परीक्षा र नतिजा समयमा हुनुपर्ने भन्दै त्रिविमा प्रदर्शन | Khabarhub Khabarhub

परीक्षा र नतिजा समयमा हुनुपर्ने भन्दै त्रिविमा प्रदर्शन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको समग्र प्रणालीमा सुधारको माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन प्रदर्शन भएको छ ।

त्रिभुवन विश्वविद्यालयको वर्षौँदेखिको बेथिति सुधारको माग गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा आज प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, राजस्व तिर्न भोग्नुपर्ने झन्झटको अन्त्य गर्नुपर्ने, प्रमाणपत्र वितरण समयमा हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रदर्शनमा बोल्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका सभापति श्यामराज ओझाले त्रिवि पदाधिकारीको अकर्मण्यताका कारण हजारौ विद्यार्थीको भविष्य अन्योल बनेको बताए ।

उनले कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिँदा रिक्त रहेको उपकुलपति र प्राध्यापक नियुक्तिमा ढिलाइ भएको आरोप लगाए । त्रिविलाई समयमै सुधारको प्रयास नगरिए अवस्था झनै जर्जर हुँदै जाने उनीहरूको चेतावनी छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ५२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग