कोरियाको सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला | Khabarhub Khabarhub

कोरियाको सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको जनाएको छ ।

उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलाएको थियो । उक्त सूचनामा अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने उल्लेख थियो ।

शाखाको उक्त सूचनाविरुद्ध सिप बिल्डिङ क्षेत्रमा सामेल भएका १८ जना आवेदकले उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए ।

निवेदनमा उच्च अदालत पाटनले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकलाई फाराम भर्न रोक नलगाउनु र आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालतमा निवेदन दिनेलाई पुस १३ गते आवेदन फाराम भर्नका लागि ईपीएस कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : २३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग