सङ्घीयताबिना देश अगाडि बढ्न सक्दैन : नेता सापकोटा | Khabarhub Khabarhub

सङ्घीयताबिना देश अगाडि बढ्न सक्दैन : नेता सापकोटा


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले सङ्घीयताबिना देश अगाडि बढ्न नसक्ने बताएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उहाँले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताए ।

सङ्घीयताबारे भ्रम फैलाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले जनताको अपेक्षाअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताए । “जहिले पनि पार्टी नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ”, उनले भने, “बत्तीस सिटमा पार्टी खुम्चिनुका कारण वर्गीय धरातल छोड्दा नै हो, पार्टी नेता दलाल, माफियाको घेराबन्दीमा पर्दा जनसङ्घर्षका सहिद परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेलाई बिर्सियौँ ।”

अहिलेको आवश्यकता सामाजिक, राजनीतिक, वैचारिक, सांस्कृतिक सङ्गठन गठन पर्नुरहेको नेता सापकोटाले बताए । “विसं २०६७ मा अग्रगामी छलाङमार्फत पार्टीले राजनीतिक विश्लेषण गर्‍यो”, उनले भने, “त्यसपछि पार्टीमा कुनै पनि राजनीतिक विष्लेषण भएको छैन, विचारको विकास भएन भने शून्यता हुन्छ, वैचारिक संलेष्ण छोड्दा पछाडि पर्‍यौँ ।” परिस्थितिजस्तो छ त्यसकै बीचबाट पार्टीलाई अगाडि बढाइनुपर्ने पूर्वसभामुख सापकोटाले बताए ।

विचार र विधिको विकास गरे पार्टीलाई पहिलेजस्तै अगाडि लैजान सकिने उनको भनाइ थियो । “पर्ख र हेरको नीतिले अब काम गर्दैन, विज्ञान र दर्शनको विकास गर्नुपर्छ”, उनले भने, “सबै कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।” संविधानमा समाजवाद शब्द राखिए पनि त्यसको व्याख्या गर्न बाँकी रहेको उनले बताए । सामाजिक न्यायसहितको समाजवाद पार्टीभित्रबाटै लागू गर्नुपर्ने उनले उल्लेख गरे । आधुनिक समाजवादभित्र कृषि, उद्योग, विज्ञान, प्रविधि र राष्ट्रिय सुरक्षाको प्रश्न अहम् रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ९ : ४९ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका