भारतीय सौर्य प्यानल उत्पादनकर्ताले अमेरिकामा १ अर्ब डलर लगानी गर्ने | Khabarhub Khabarhub

भारतीय सौर्य प्यानल उत्पादनकर्ताले अमेरिकामा १ अर्ब डलर लगानी गर्ने


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सौर्य प्यानल उत्पादनकर्ता कम्पनी वारी इनर्जीले अमेरिकाको टेक्सासमा १ अर्ब डलर लगानी गर्ने भएको छ । अमेरिकामा हरित ऊर्जाको माग बढिरहेको भन्दै वारी इनर्जीले टेक्सासमा लडानी गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा हरित ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले सोलर उत्पादन गर्ने कम्पनीलाई अनुदान र करमा छुट दिने घोषणा गरेसँगै वारीले लगानी गर्न लागेको हो ।

वारीको लगानीमा स्थापित कारखानाले १५ सय जनालाई रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ । सन् २०२४ सम्म यस कारखानाले ५ गिगावाटसम्म ऊर्जा उत्पादन गर्ने र सन् २०२७ सम्म कारखाना अमेरिकाकै सबैभन्दा ठूलो सोलर उत्पादनकर्ता हुने वारीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ०७ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने