एल्गरको शतकमा भारतमाथि दक्षिण अफ्रिकाको अग्रता « Khabarhub

एल्गरको शतकमा भारतमाथि दक्षिण अफ्रिकाको अग्रता


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डिएन एल्गरको शानदार शतकमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा भारतविरुद्ध अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले पहिलो इनिङमा ६६ ओभरमा ५ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको छ । दक्षिण अफ्रिकाले भारतमाथि ११ रनको अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाका डिएन एल्गर २ सय ११ बलमा २३ चौकासहित १ सय ४० रनमा क्रिजमा छन् । डेविड बेडिंघम ८७ बलमा ७ चौका र २ छक्कासहित ५६ रनमा आउट भए । डेब्यू खेल खेलेका डेविड मोहम्मख शिराजको बलमा बोल्ड आउट भएका थिए । एडेन माक्ररम ५, टोनी डी जोर्जी २८ र केगन पिटरसनले २ रन बनाए । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले समान दुई विकेट लिएका छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २ सय ४५ रनमा अल आउट भएको थियो । भारतका लोकेश राहुलले १ सय ३७ बलमा १४ चौका र ४ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । उनी तीव्र गतिका बलर नान्द्रे बर्गरको बलमा बोल्ड आउट भए ।

विराट कोहलीले ६४ बलमा ५ चौकासहित ३८ रन बनाए । ओपनर यशस्वी जैसवाल १७, रोहित शर्मा ५, शुभमन गिल २, श्रेयस ऐर ३१, रविन्द्रन आश्विन ८, शार्दुल ठाकुर २४, जस्प्रित बुमराह १ र मोहम्मद शिराज ५ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक पाँच विकेट लिए । डेब्यू खेल खेलेका नान्द्रे बर्गरले ३, मार्को यानसन र जेराल्ड काट्जीले १-१ विकेट लिए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ११ : ०२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५