एल्गरको शतकमा भारतमाथि दक्षिण अफ्रिकाको अग्रता « Khabarhub

एल्गरको शतकमा भारतमाथि दक्षिण अफ्रिकाको अग्रता


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डिएन एल्गरको शानदार शतकमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा भारतविरुद्ध अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले पहिलो इनिङमा ६६ ओभरमा ५ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको छ । दक्षिण अफ्रिकाले भारतमाथि ११ रनको अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाका डिएन एल्गर २ सय ११ बलमा २३ चौकासहित १ सय ४० रनमा क्रिजमा छन् । डेविड बेडिंघम ८७ बलमा ७ चौका र २ छक्कासहित ५६ रनमा आउट भए । डेब्यू खेल खेलेका डेविड मोहम्मख शिराजको बलमा बोल्ड आउट भएका थिए । एडेन माक्ररम ५, टोनी डी जोर्जी २८ र केगन पिटरसनले २ रन बनाए । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले समान दुई विकेट लिएका छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २ सय ४५ रनमा अल आउट भएको थियो । भारतका लोकेश राहुलले १ सय ३७ बलमा १४ चौका र ४ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । उनी तीव्र गतिका बलर नान्द्रे बर्गरको बलमा बोल्ड आउट भए ।

विराट कोहलीले ६४ बलमा ५ चौकासहित ३८ रन बनाए । ओपनर यशस्वी जैसवाल १७, रोहित शर्मा ५, शुभमन गिल २, श्रेयस ऐर ३१, रविन्द्रन आश्विन ८, शार्दुल ठाकुर २४, जस्प्रित बुमराह १ र मोहम्मद शिराज ५ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक पाँच विकेट लिए । डेब्यू खेल खेलेका नान्द्रे बर्गरले ३, मार्को यानसन र जेराल्ड काट्जीले १-१ विकेट लिए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ११ : ०२ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई