भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित « Khabarhub

भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतविरुद्धको पहिलो टी–२० मा पाहुना टोली न्युजिल्यान्ड विजयी भएको छ। जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।

न्युजिल्याण्डले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

भारतका लागि वासिङटन सुन्दरले ५० र सूर्यकुमार यादवले ४७ रन बनाए पनि अन्य खेलाडीले साथ नदिँदा भारत पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो।

न्युजिल्यान्डका लागि ड्रयाल मिचेलले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै डेभोन कोन्वेले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा फिन एलनले ३५ रन बनाए ।

दोस्रो खेल अब लखनउमा हुनेछ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ३४ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले