प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ « Khabarhub

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्रेको हो।

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने, प्रहरीमा परेका मुद्दा मिलाइदिने भनी ठगी गर्दै हिँडेका गुरुङलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले यही माघ १० गते पोखराबाट पक्राउ गरेको हो।

बेसीशहरमा डेरा गरी बस्ने गुरुङ विभिन्न महिलाहरूसँग रु ७ लाख १७ हजार पाँच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने आश्वासन दिएर ठगी गरेका थिए। गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

गुरुङलाई जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको