गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै « Khabarhub

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ ।

आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९-८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा ऐन पेश गर्ने बताइएको छ । मङ्गलबार बस्ने १२औँ नगरसभामामा ऐनसहित अर्धवार्षिक समीक्षा र विविध कार्यसूची पेस गर्ने कार्यक्रम तयार भएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।

नगरसभामा नगरप्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन २०७९, नगर प्रहरी ऐन २०७९, सहकारी ऐन २०७९, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ तथा जलस्रोत विकास ऐन २०७९ पेश गर्ने कार्यसूची रहेको रिजालले बताए । सभाको बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूचीसहितको सूचना बैठक बस्ने दिनभन्दा कम्तीमा सात दिनअगावै अध्यक्ष वा प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनुपर्ने प्रावधानअनुरुप सदस्यलाई जानकारी गराइएको रिजालले बताए ।

माघ ६ गते बसेको नगर कार्यपालिका बैठकले १२औँ नगरसभाको मिति माघ १७ गतेका लागि तय गरेको थियो । नगरसभामा प्रस्तुत गरिएको पाँचवटै ऐन नगरसभाबाट पास हुने नगरप्रमुख मदनभक्त अधिकारीले दाबी गरे । “हामीले नगरपालिकामा आवश्यक पर्ने ऐन व्यापक छलफलपछि तयार गरेर नगरसभामा ल्याउन लागेका छौँ”, नगरप्रमुख अधिकारीले भने, “नगरपालिका सञ्चालनका लागि आवश्यक ऐन भएका कारण नगरसभामा प्रस्तुत हुने ऐन पास हुने हामीलाई विश्वास छ ।”

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : १० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको