जनजागृति विद्यालयमा शिक्षक राख्न अक्षयकोष « Khabarhub

जनजागृति विद्यालयमा शिक्षक राख्न अक्षयकोष


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा रु आठ लाख २४ हजार एकको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयको ५१ औँ वार्षिकोत्सव एवं अभिभावक भेलाको अवसरमा होमस्टेका अध्यक्ष रेशमबहादुर विकले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। विद्यालय र होमस्टेको नाउँमा राखिएको अक्षयकोष रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा निजी स्रोतका शिक्षक राखेर पठनपाठनमा सहज बनाउने लक्ष्य रहेको छ ।

तल्लो तहका विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले दक्ष शिक्षक राखेर पठनपाठन कार्यलाई सहज बनाउने योजना रहेको छ । उनले भने, “सुरु कक्षाको शैक्षिक गुणस्तर राम्रो भयो भने माथिल्ला कक्षामा राम्रो प्रभाव पर्नसक्ने विश्वास गरिएको छ ।” उक्त विद्यालयमा अहिले करिब रु १७ लाखको अक्षयकोष स्थापना गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर विकले जानकारी दिए । उक्त विद्यालयमा दलित, जनजाति, गरिब र विपन्न समुदायका गरी दुई सय १३ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : २५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर