जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु « Khabarhub

जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ  पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । बिहीवार बिहानै देखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पन्छाएपछि दुई वटा उडान भएका छन् । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार  हिउँ सफा सँगै हवाईसेवा सुचारु भएको हो । उनका अनुसार जहाज आएपछि तिन दिनदेखि थन्किएका यात्रुहरू आवत जावत हुन थालेका छन् । बिहीबार विमानस्थल सफाइ गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।

 त्यस्तै धावन मार्गमा हिउँ जमेपछि बिहानै देखी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो ।

नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा बिहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तिन दिन देखी हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरू अलपत्र अवस्थामा थिए ।  

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १२ : ४३ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा