डिभर्नामा रहेको चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित « Khabarhub

डिभर्नामा रहेको चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा रहेको ‘रक गार्डेन’ को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरूपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस चट्टानको बनावट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुंगाको बगैँचामा जाने मासिन आनन्दित हुने गरेका छन् । 

कलात्मकरुपमा मानिसले आफैँ सजाएर र योजनाअनुसार बनाएर राखेकोजस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका रहेका छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रचार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

सो स्थलमा स्थानीय तथा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटकको लागि शौचालय, ट्रस्ट तथा एक मन्दिर बनाइएको छ । प्राकृतिकरूपमा बनेको ढुंगाको बगैँचाको प्रचार र विकासमा ध्यान दिनसकेमा सन्धिखर्क नगरपालिकाको महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका-११ का वडाध्यक्ष चेतनारायण आचार्यले बताए । अहिले पनि जिल्लाभित्रका मानिस दैनिकरूपमा त्यहाँ घुम्न पुग्छन् । 

लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र यो गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्ने छ । चहलपहल बढाउन योजनाका साथ आफूहरूले काम गरिरहेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । यहाँबाट सन्धिखर्क, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदे गाउँपालिका मात्र हैन पाल्पा र प्युठानका केही भाग हेर्न सकिन्छ । 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १२ : ५२ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको