वेष्टर्न ट्राभल मार्टको तयारी पूरा, मानसरोवर फ्लाइट सोमबार हुँदै « Khabarhub

वेष्टर्न ट्राभल मार्टको तयारी पूरा, मानसरोवर फ्लाइट सोमबार हुँदै


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा आइतबारदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टको सबै तयारी पूरा भएको छ । आयोजक नाट्टा बाँके च्याप्टरले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर वेष्टर्न ट्राभल मार्टको तयारी पूरा भएको जनाएको हो ।

यसपटकको मार्टमा मानसरोवर ‘माउन्टेन फ्लाइट’ आकर्षणको केन्द्रबिन्दुमा छ । ६६ जना भारतीय टूर अपरेटरसहित सोमबार बिहान साढे ७ बजे मानसरोवर माउन्टेन फ्लाइट हुने आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘नेपाल पर्यटन बोर्डको सहयोग र सहकार्यमा पहिलोपटक ६६ जनाभन्दा धेरै भारतीय टूर अपरेटर नेपालगञ्ज ल्याउनु पश्चिम नेपालको पर्यटन व्यवसायमा ठूलो उपलब्धि हो’ उनले पत्रकार सम्मेलनमा भने, ‘

उनका अनुसार पहिलोपटक ठूलो सङ्ख्यामा भारतीय टूर अपरेटर र भारतीय पत्रकार नेपाल आउन लागेका हुन् । सो टोलीमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) का पदाधिकारी र सदस्य पनि छन् । उनीहरूको विशेष बैठक नेपालगञ्ज वा बर्दियाको ठाकुराद्धारमा हुने सम्भावना पनि छ ।

नेपालगञ्जमा रहेको सिद्धार्थ होटलमा हुने कार्यक्रम आइतबारदेखि मंगलबारसम्म चल्नेछ । कार्यक्रमका लागि भारतीय टूर अपरेटर, भारतीय पत्रकार, नेपाल पर्यटन बोर्डका अधिकृत, नाट्टा, टान, हान, रेवान, नारा लगायत पर्यटन व्यवसायी संघ संस्थाका प्रमुख तथा पदाधिकारीका साथै सोलो ट्राभलर कञ्चन राई ‘घुमन्ते’ र सिर्जना सिज्जु पनि आउनेछन् ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ३ : ०८ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले