डुङ्गा दुर्घटना हुँदा अमेरिका हिँडेका पाँच क्युबाली आप्रवासीको मृत्यु « Khabarhub

डुङ्गा दुर्घटना हुँदा अमेरिका हिँडेका पाँच क्युबाली आप्रवासीको मृत्यु


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डुङ्गा चढेर क्युबाबाट अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ । डुङ्गा दुर्घटनामा अरु १२ जना बेपत्ता भएका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलायन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो ।

शक्तिशाली छालमा डुङ्गा डुबेको जीवितै उद्धार गरिएका व्यक्तिहरूलाई उद्धृत गर्दै क्युबाको आधिकारीक समाचारपत्र क्युबाडेबेटले जनाएको छ । समुद्रबाट तटरक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए । डुङ्गामा सवार १२ जना अझै हराइरहेका छन् ।

विगत केही महिनायता फ्लोरिडाको समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेको छ । अमेरिकी तटरक्षकहरूले गत अक्टोबर १ देखि हालसम्म पाँच हजार तीन सय २१ जना क्युबालीलाई समुद्रमा रोकेका थिए भने त्यसअघिका पहिलो नौ महिनामा छ हजार एक सय ८२ जनालाई आफ्नो भूमिमा प्रवेश गर्न दिएका थिएनन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ६ : ५२ बजे

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो?

काठमाडौँ – नेपाली बजारमा आज बिहीबार सुनको भाउ फेरि बढेको

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीचको भेटवार्ता सुरू

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधीस्थलमा पुष्प अर्पण (फोटो फिचर)

काठमाडौँ – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ