घरदैलोमा सामाजिक सुरक्षा भत्ता « Khabarhub

घरदैलोमा सामाजिक सुरक्षा भत्ता


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आँबुखैरेनी गाउँपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले घरदैलोमा नै पुगेर सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको हो ।

पहिलो चौमासिकमा घरदैलोमा पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले दोस्रो चौमासिकवापत कात्तिकदेखि पुससम्मको भत्ता पनि घरदैलोमा नै पुगेर वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झण्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो । चुमानले स्थानीय तह निर्वाचनका बेला आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा गाउँ–गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

“मैले चुनावमा जनता सामु गरेका बाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु”, चुमानले भने, “पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहज रुपमा गाउँमै भत्ता पु¥याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको अनुभूति भएको छ ।”

टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ मा भत्ता वितरण गर्दै आएको कुमारी बैंक मर्ज भएकाले केही समयका लागि उक्त वडाका बासिन्दालाई सम्बन्धित बैंकबाट भत्ता वितरण गरिनेछ । “बैंक मर्ज भएकाले केही प्राविधिक कारणले गर्दा घर दैलोमा पुगेर वितरण गर्न सकेनौँ, केही समयपछि पुनः घरदैलोमा नै भत्ता वितरण हुनेछ”, शर्माले भने ।

आँबुखैरेनीमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र एनसिसि बैंकसँग सम्झौता गरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ३८ बजे

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया