‘फिल्म महोत्सव नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने अवसर’ « Khabarhub

‘फिल्म महोत्सव नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने अवसर’


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपालमा हरेक वर्ष फिल्म महोत्सव हुने सङ्ख्या बढ्दो छ । स्वदेशी तथा विदेशी फिल्मसहित महोत्सवको आयोजना गरिँदै आएका छन् ।

महोत्सवले नेपाली फिल्मकर्मीलाई विदेशीसँग साक्षात्कार गर्ने मौका प्रदान गर्ने अभिनेत्री गौरी मल्लको तर्क छ । महोत्सवमा विदेशीलाई कथा सुनाउने व्यवस्था गरिदिन उनले आग्रह गरिन । “हाम्रो कथालाई विदेशी फिल्म मेकरसम्म पु¥याउने माध्यम बन्न महोत्सव उपयोगी हुन् सक्छन् । यस किसिमको व्यवस्था गरे नेपाली कथाले विश्व बजारमा स्थान र लगानी पाउने थियो”, अभिनेत्री मल्लले भनिन्।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी महोत्सवले संस्कृति आदान प्रदान गर्ने जानकारी दिए। “महोत्सवले हाम्रो संस्कृतिप्रति विदेशीलाई आकर्षण गर्न सक्छ । हामीले महोत्सवमा नेपालको संस्कृति देखाउन सक्नुपर्छ”, बोर्ड अध्यक्ष केसीले भने ।

अभिनेता तथा निर्देशक नीर शाहले महोत्सवको सङ्ख्याभन्दा गुणस्तरियता बढाउनुपर्नेमा जोड दिए। “आयोजना हुने महोत्सवले फिल्मकर्मीलाई गुणस्तरीय फिल्म बनाउन प्रेरित गर्नुपर्छ । सङ्ख्या बढ्नु हाम्रो उपलब्धि होइन । फिल्मकर्मीको स्तरीयता बढ्नु जरुरी छ”, अभिनेता शाहले भने ।

गैँडाको उपनामले परिचित हास्य कलाकार तथा निर्देशक निर्मल शर्माले निर्मातालाई उपयोगी हुने कक्षा राख्न महोत्सव आयोजकलाई अनुरोध गरे। “महोत्सवमा एउटा सेग्मेन्ट फिल्ममा ‘कसरी लगानी गर्ने र कसरी लगानी उठाउने’ भन्ने सम्बन्धमा हुनु जरुरी छ । यसबारे नबुझी लगानी गर्दा उहाँहरूले नकारात्मक प्रचार गरेको पाइएको छ”, हास्य कलाकार शर्माले भने।

नेपालमा फिल्म, सर्ट फिल्म, थियटरसँग जोडिएका २० को हाराहारीमा महोत्सव हुने गरेका छन् । महोत्सवको सङ्ख्या बढ्दै गर्दा यसको उपलब्धि भने बढ्न सकेको छैन ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ०५ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ