सफा खाना खाँदा शरीरमा एलर्जी हुँदैन « Khabarhub

सफा खाना खाँदा शरीरमा एलर्जी हुँदैन

बाहिर हिँड्दा अनिवार्य मास्क लगाऔं



हामी जाडो मौसमलाई विस्तारै बिदा गरेर गर्मी मौसमतर्फ प्रवेश गर्ने चरणमा छौं। यो मौसममा एलर्जी, छालासम्बन्धी रोग, शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ। काठमाडौँमा धुलोको अति साना कणहरू भएकाले शरीर बाहिर छालामा मात्र नभई श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा समेत जान्छ र यसले गम्भीर असर निम्त्याउँछ। सामान्यतया मौसम परिवर्तनको समयमा बढी बिरामी हुने गर्दछन्। त्यसैले यो मौसममा देखापर्ने समस्या तथा बच्ने उपायका बारेमा जनरल फिजिसियन डा. प्रशान्त त्रिपाठीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

अहिले हामी जाडोलाई छोडेर गर्मी मौसममा जाँदै छौँ। यस्तो बेलामा हाम्रो शरीरमा के कस्ता रोग लाग्न सक्छन् ?
यो मौसममा एकदमै धेरै देखिने भनेको एलर्जीको समस्या हो। जब फूलहरू फुल्न थाल्छन्। त्यसले वातावरण भरी परागहरू हुने हुन्छ। त्यसले जसलाई श्वासप्रश्वास र दम छ त्यस्तो मान्छेमा धेरै छिटो असर गर्दछ। साथै मौसमी तापक्रम बढ्दै जाँदा विभिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोगहरू, झाडापखाला बढ्दै जान्छ। तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोग जस्तो डेंगु, हात्तीपाइले लगायतका रोगहरू लाग्छ सक्छन्।

एलर्जी कुन उमेरका व्यक्ति वा समूहमा धेरै देखिन्छ ?
जुनसुकै उमेर समूहको मान्छेमा देखिनसक्छ। कतिपय मान्छेलाई एलर्जीमा पनि रुघा लाग्ने खोकी लाग्ने, हाछ्यु लाग्ने, छालामा फोका डाबरहरू बस्ने यत्तिमै सीमित हुनसक्छ। कतिपयमा एलर्जी भएर दमको व्यथा हुने पनि हुनसक्छ।

जसमा यस्तो समस्या छ उहाँहरूले यो मौसम आउँदै गर्दा आफूमा एलर्जी भएको भनेर कसरी थाहा पाउने ?
एलर्जीको मुख्य लक्षण भनेको कुन भागमा एलर्जी त्यसको आधारमा नै हुन्छ। जस्तो ः हाम्रो श्वासप्रश्वास नलीको माथिल्लो भागमा मात्र सीमित छ भने मान्छेमा तारनतार हाछ्यु आउने, नाकबाट सिँगान बग्ने हुनसक्छ। कतिपयलाई श्वासप्रश्वासको तल्लो भागमा एलर्जीले समाती राख्यो भने हामी त्यसलाई दम भन्छौँ र त्यसमा खोकी लाग्ने, हिँड्दा सास बढ्नेसँगै घ्यारघ्यार हुने हुन्छ।

एलर्जी भएर अस्पताल गएपछि उपचार कसरी हुन्छ ?
धेरै जसो एलर्जी भएर जटिल अवस्थामा अस्पताल पुग्नु भनेको दम भएको अवस्था हो। त्यो बेला श्वास फेर्न समस्या भएर शरीरमा अक्सिजनको मात्रा कम भएर शरीर निलो हुन्छ र त्यो बेला हामीले हेरेर इन्जेक्सनबाट दिने औषधि हुन्छ र अक्सिजनको मात्रा कम हुँदा अक्सिजन दिएर उपचार गर्छौ।

यो मौसममा के कस्तो खाना खाने त ?
यो मौसममा लाग्ने भनेको सङ्क्रमण रोग हो। जस्तो कुनै पनि ब्याक्टेरिया र भाइरसले गराउने हो जुन एक व्यक्तिबाट अर्कोमा सर्छ। सामान्यतया हाम्रो परिवेशमा हेर्दा धेरै झाडापखाला, वान्ता, टाइफाइड, हेपाटाइटिस ‘ए’ लगायतका रोग बढी देख्छौँ। यस्तो रोगबाट बच्न मुख्य कुरा सफा खाना खानुपर्छ। सरसफाइमा ध्यान दिने, जुन खानाबाट आफूलाई एलर्जी हुनसक्छ त्यो नखाने।

बिहानदेखि बेलुकासम्म आफूले खाने खानामा यस्तो खानुपर्छ भन्ने केही होला नि ?
घरमा साधारण रूपमा खाने खाना दालभात तरकारी नै सफा तरिकाले खाने, हरियो सागसब्जी खाने गर्दा पेटलाई सफा गर्छ। यो नै खाना खाने भन्ने छैन। मुख्य कुरा भनेको सफा खान खाने हो। बाहिरको खानेकुरा राम्ररी पाकेको हुन्छ कि हुँदैन थाहा हुँदैन। त्यसैले आफ्नो घरको खाना खाँदा धेरै राम्रो हुन्छ।

यो मौसममा समस्या नआओस् भनेर के गर्न सकिन्छ ?
यस्तो बेलामा बालबालिका, वृद्धहरू र दीर्घ रोग लागेर लामो समय औषधि खाएर बस्नु भएकोले यो मौसममा विचार गर्नुपर्छ। के कारणले आफूलाई समस्या भएको हो। त्यो आफैले ख्याल गर्नुपर्छ। बाहिर हिँड्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ७ : १० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण