लमजुङमा जलेर ९१ वर्षीय वृद्धको मृत्यु « Khabarhub

लमजुङमा जलेर ९१ वर्षीय वृद्धको मृत्यु


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ दोर्दी गाउँपालिका-८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । चुलोमा बलेको आगो निभाउन बिर्सिंदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना  हुन नदिन सचेत बन्न आग्रह गरे।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : ४२ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब