कञ्चनरुपमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

कञ्चनरुपमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको कञ्चनरूप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको