बुल र मरेनीमा आलु उत्पादन विकास कार्यक्रम सुरु « Khabarhub

बुल र मरेनीमा आलु उत्पादन विकास कार्यक्रम सुरु


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ । व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो । शाखाका प्रमुख आश्विन खत्रीले कार्यक्रममार्फत दुई ठाउँका ५८ घरधुरी कृषकले एक सय १४ रोपनी बारीमा आलुखेती गरेका जानकारी दिए । ‘कृषकलाई ज्ञान, सीप र प्रविधिमा सहयोग गरी व्यावसायिक आलुखेती विस्तार गर्ने कार्यक्रमको उद्देश्य हो’, उनले भने, ‘कृषकलाई उपकरण, बीउ, विषादी र बजारीकरणमा ५० प्रतिशत अनुदानको सुविधा छ ।’

गाउँपालिकामा आवेदन पेस भएकामध्ये छनोट भएको वडा नं २ को लगनशील बहुउद्देश्यीय समूह र वडा नं ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपक्षी कृषक समूहलाई छनोट गरिएको हो । दुईवटै समूहलाई चालु आर्थिक वर्षमा छ-छ लाखका दरले अनुदान दिइने शाखा प्रमुख खत्रीले बताए।

आठवटा मिनिटेलर हलो माग गरेका समूहले १२ हजार किलोग्राम बीउ आलु रोपेका छन् । यसैगरी विषादी, स्प्रे र बजार पठाउने क्रममा आलु भण्डारण गर्न थैला उपलब्ध गराइने भएको छ । कार्यक्रममार्फत मरेनीमा १८ घरधुरीले २० वर्षदेखि बाँझो रहेको जग्गामा झाडी फडानी गरेर सामूहिक आलुखेती विस्तार गरेका छन् । बुलका ४० घरधुरीले व्यक्तिगत जग्गामा आलुखेती गरेका छन् ।

एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकामा खनजोत सकेर आलु लगाइएको लगनशील कृषक समूहका अध्यक्ष गौसरा विकले बताइन्। समूहले मरेनीसँगै पैरेनी र लमसुङमा थप एक सय रोपनीमा आलु लगाउने तयारी गरेको जनाएको छ ।

‘बाँझो जग्गामा आलुखेती गरिएपछि वर्षौँदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ’, गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले भने, ‘यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलुखेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ११ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर