काठमाडौँ- अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेशियालाई १० विकेटले पराजित गरेको छ ।
युएईको अज्मनमा रहेको मालेक मैदानमा भएको खेलमा मलेशियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि दिपक बोहराले २९ बलमा ३८ रन बनाए । त्यसैगरी, अर्जुन खनालले २५ बलमा २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल ७२ रनमा समेटियो ।
नेपालका लागि दिपेश कँडेलले ४ र आकाश चन्दले ३ विकेट लिए । नेपालका लागि यो लगातार चौथो जित हो ।
प्रतिक्रिया