नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने  « Khabarhub

नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने 


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार नदी किनारमा साँझमा आरती गर्न सुन्दर देखिने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । नदी किनारमा हाल बगरमा उभिएर नियमित आरती गरिँदै आइएको छ । उनले भने, ‘यो स्थल निर्माणसँगै आरती गर्नेका लागि सहज र सुन्दर हुने छ ।’ आरतीस्थल २८ मिटर लम्बाइ र पाँच मिटर चौडाइको हुनेछ । उनका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थल ढुङ्गाले छापिने छ । आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ । 

सबै क्षेत्रलाई उज्यालो दिने गरी आकर्षक ४५ वटा बत्ती जडान गरिने दाहालले जानकारी दिए । आरतीस्थलको पूर्व र पश्चिमतर्फको नदी तटीय क्षेत्रमा सिँढी निर्माण गरेर तटबन्ध गरिँदै छ । निर्माण कार्य पनि यसै वर्ष सुरु हुँदैछ । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ । ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो । १८ महिनामा सम्पन्न हुने गरी महालक्ष्मी ओम सत्यसायी जेभिले निर्माण सम्झौता गरेको छ ।  

आरतीस्थलको काम थोरै भएकाले छिटो सम्पन्न हुने छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारमा आरतीस्थल, तटबन्धन, पैदलमार्ग, हरियाली पार्क लगायतको निर्माणको काम एकैसाथ हुन लागेको बताए। उनले भने, ‘आरतीस्थल निर्माणसँगै नदी किनारमा नियमित व्यवस्थित आरती गर्न सहज हुने छ ।’ यसले धार्मिक पर्यटक प्रवर्द्धन गर्न सहयोग पुग्ने अधिकारीको भनाइ छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ३६ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना