भारतले मौरिससलाई दियो अत्याधुनिक हेलिकोप्टर « Khabarhub

भारतले मौरिससलाई दियो अत्याधुनिक हेलिकोप्टर


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले हिन्द महासागरमा अवस्थित मुलुक मौरिससलाई अत्याधुनिक हेलिकोप्टर प्रदान गरेको छ । भारतीय विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले मौरिससको प्रहरी बलका लागि मार्क ३ हेलिकोप्टर (एएलएच एमके ३) हेलिकोप्टर प्रदान गरेको हो ।

मैत्रिपूर्ण सम्बन्ध भएका मुलुकलाई रक्षा उपकरण निर्यात गर्ने केन्द्र सरकारको योजनाअनुसार मौरिससलाई हेलिकोप्टर प्रदान गरिएको उक्त कम्पनीका कार्यकारी निर्देशक ईपी जयदेवलाई उद्धृत गर्दै ला मेटिनल अखबारले जनाएको छ ।

मौरिससलाई हेलिकोप्टर प्रदान गरेसँगै दुई मुलुकबीचको सम्बन्धमा नयाँ आयाम थपिएको जनाइएको छ । मौरिससको प्रहरी बलका आयुक्त अनिल कुमार दिपले भारतले प्रदान गरेको हेलिकोप्टरले प्रहरीको हवाई क्षमता अझ सुदृढ हुने जनाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ५७ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर