१५ प्रतिशत भन्दा बढी ब्याँजदर लिने लघुवित्तलाई कारबाही गरिने « Khabarhub

१५ प्रतिशत भन्दा बढी ब्याँजदर लिने लघुवित्तलाई कारबाही गरिने


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ ।नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको र पीडितहरुले आत्महत्यासमेत गरेको गुनासो आएपछि राष्ट्र बैंकले मंगलवार सूचना जारी गरेको हो।

‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ,’ जारी सूचनामा भनिएको छ । राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त र फाइनान्स कम्पनी फरक संस्था भएको सूचनामै उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : १४ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर