फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने « Khabarhub

फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् ।

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूसँग अन्तरङ्ग कुराकानी गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेका छन्। उनले आफ्नै नामको च्यानलबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जीवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन्।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र ‘प्रेम गीत ३’ ले नेपाल र भारतमा लोकप्रियता कमाएको छ।

श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म क्षेत्रको अनुभव सेयर गर्नेछन् । उनले प्रोमोमा भावुक हुँदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिनँ । मलाई बनाउने दर्शक, श्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकूँ ।

उनले आफ्नो कार्यक्रममार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : १९ बजे

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस