झपक्कै फुल्यो आँप « Khabarhub

झपक्कै फुल्यो आँप


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । “अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ”, तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भने, “यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।”

आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रहेको किसान तुलसीपुर–९ निवासी दिवेश केसीले बताए । “हावाहुरी, असिना पानीले फूल झार्दिने हो कि भन्ने चिन्ता छ”, उनले भने, “आँप धेरै फले पनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।”

यस बर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । “फूल फुल्ने बिरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ”, उनले भने, “यस वर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।”

असिना, पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्यधिक वृद्धि हुने उनको भनाइ छ । आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताए । आँप बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा व्यवसायीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

दाङको पवननगर, मानपुर र बिजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । अहिले दाङमा स्थानीय बिजु, सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा, अम्रपाली, नागपुरे, बम्बे जातका आँप उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि आठ हजार मेट्रिक टनको हाराहारीमा आँप उत्पादन हुने गर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ५३ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा