सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज « Khabarhub

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी हुने टोलीलाई नेपाली सेनाले आज बिदाइ गर्दैछ।

प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे बिदाइ गर्ने कार्यक्रम रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्। अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा चार वटा हिमालबाट फोहर सङ्कलनको लक्ष्य राखिएको छ।

सगरमाथा ल्होत्सेमा एउटै टोली खटिने प्रवक्ता भण्डारीले बताए। बरुञ्चे र अन्नपूर्ण हिमालसहित गरी कुहिने र नकुहिने ३५ हजार केजी फोहोर संकलन हुने अनुमान गरिएको छ। यही चैत १८ गतेदेखि सुरु हुने अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ।

विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन उद्देश्यले सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया