अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु « Khabarhub

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा तीन कर्मचारी र तीन बालबालिकाको मृत्यु भएको हो ।

मारिएका विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् । सो स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् ।

उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । प्रहरीले संदिग्ध २८ वर्षीया अड्रे हेल रहेको बताएको बीबीसीले जनाएको छ । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : २८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस