बैंकको रकम लुट्ने तीन जना पक्राउ, डाँका मुद्दामा म्याद थप « Khabarhub

बैंकको रकम लुट्ने तीन जना पक्राउ, डाँका मुद्दामा म्याद थप


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिराहा -सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लाँदै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका  ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुरका ३६ वर्षिय जिवछ बिक र लहान १९ छपरारीका ४७ वर्षिय सत्य नारायन मण्डललाई पक्राउ गरेको हो।

उनीहरुले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लाँदै गरेको ९ लाख रकम लुटेको आरोप छ। प्रहरीसहित ज६प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते रकम लिएर बैंकमा जाँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटेका थिए।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहा लगायत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रविधिको प्रयोग गरी सिराहा सदरमुकास्थित हेमनारायण चोकबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुमाथि शरीर बन्धक तथा डाँका मुद्दामा सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ५३ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर