बैंकको रकम लुट्ने तीन जना पक्राउ, डाँका मुद्दामा म्याद थप « Khabarhub

बैंकको रकम लुट्ने तीन जना पक्राउ, डाँका मुद्दामा म्याद थप


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिराहा -सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लाँदै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका  ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुरका ३६ वर्षिय जिवछ बिक र लहान १९ छपरारीका ४७ वर्षिय सत्य नारायन मण्डललाई पक्राउ गरेको हो।

उनीहरुले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लाँदै गरेको ९ लाख रकम लुटेको आरोप छ। प्रहरीसहित ज६प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते रकम लिएर बैंकमा जाँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटेका थिए।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहा लगायत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रविधिको प्रयोग गरी सिराहा सदरमुकास्थित हेमनारायण चोकबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुमाथि शरीर बन्धक तथा डाँका मुद्दामा सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ५३ बजे

भारत भ्रमणअघि आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौँ – भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक

कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई

धनगढी – कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि

किशोरकुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपूर

मुम्बई – हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा

धनगढी – आन्दोलित कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका

बैतडीमा बेहोस फेला परेका एक जनाको निधन

धनगढी – होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको