बारामा आगलागीबाट छ घर–गोठ नष्ट « Khabarhub

बारामा आगलागीबाट छ घर–गोठ नष्ट


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कलैया – बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए।

रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले बताए

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ५६ बजे

ए डिभिजन लिगमा आज दुई खेल हुने 

काठमाडौँ – सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज

हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी

हेटौँडा – जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा

१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी

इनरुवा – जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ

कलेजोको हेरचाह र उपचार

कलेजो हाम्रो शरीरको निकै महत्त्वपूर्ण अंगमा पर्छ। यसले खाएको खानालाई

नेपाल काभा कपको तेस्रो स्थानका लागि भिड्दै

काठमाडौँ – घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपको