च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने « Khabarhub

च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन् । सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ पुस २० सडकको ठेक्का सम्झौता गरेको छ । कालोपत्रे सडक ड्रेन सहित नौ मिटर चौडा हुने निर्माण कम्पनीले जनाएको छ।

मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट सुरु हुने सडकलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि समन्वय, सहजीकरण र खबरदारी गरिने मेयर राईले बताइन् । ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो । यसकारण यस सडक कालोपत्रे योजनालाई उत्साह र महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ११ : ११ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले