एमालेले घचेटिरहे नयाँ पाइला चाल्छु : भीम रावल | Khabarhub Khabarhub

एमालेले घचेटिरहे नयाँ पाइला चाल्छु : भीम रावल


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कैलाली – नेकपा एमालेका नेता भीम रावलले राजनीतिमा आफूले नयाँ पाइला चाल्ने संकेत गरेका छन् ।

कैलालीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका हुन् ।

राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताएका हुन्।

उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला म नयाँ पाइला चाल्न पनि सक्छु ।’

आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताए।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ११ : ५४ बजे

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन