फाइल तस्वीर ।

राजनीति

मन्त्रीको नाम टुंगाउन एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

By खबरहब

March 28, 2023

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको हो।

पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने र आवश्यक विषयमा छलफल हुनेछ ।

केहीबरेअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालाले भेट गरेका थिए।