ऐक्यबद्धता जनाउन गएका ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी « Khabarhub

ऐक्यबद्धता जनाउन गएका ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् ।

आफूहरुले नागरिक आन्दोलन गरेको, राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने मिटरब्याज पीडितहरुले बताए । बिहान टंगालमा धर्ना दिन पुगेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर धर्नामा बसेका छन् ।

महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले सरकारको ध्यानाकर्षण गराउन काठमाडौँमा धर्ना दिइरहेका हुन् ।

सरकाले उनीहरुसँग वार्ता गर्नका लागि समिति बनाएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १२ : ३७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको