चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच टेलिफोन वार्ता | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच टेलिफोन वार्ता


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गरेका छन् ।

चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रियादबीचको वैमनस्यातापूर्ण सम्बन्धलाई पुनः स्थापना गर्न चिनियाँ पक्षबाट भएको सफल प्रयासको संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले बेइजिङको सराहना गरेका थिए ।

यमन युद्धलाई लिएर इरान र साउदीबीच मनोमालिन्य थियो । लामो समयदेखिका कटु प्रतिद्वन्द्वी इरान र साउदी यमन युद्धलाई लिएर ‘प्रोक्सी’ द्वन्द्वको शृङ्खलामा थिए ।

साउदी राजकुमारसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले रियाद–तेहरान कूटनीतिक सम्बन्ध पुनः स्थापना भएसँगै पारस्परिक सहायता प्रवद्र्धनका साथै क्षेत्रीय एकता र सहयोग सुदृढीकरणमा सशक्त भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

राजकुमार मोहम्मदले दुई पक्षबीच छिमेकीसँग सुसम्बन्ध विकास गर्ने प्रयासलाई समर्थन गर्ने चिनियाँ पहलको लागि साउदी अरबका तर्फबाट चिनियाँ पक्षको प्रशंसा गरे ।

साउदी अरब र इरानले अब एक अर्काको राजधानीमा दूतावास पुनः खोल्ने तयारी गरिरहेका छन् । पवित्र महिना रमजानको अन्त्य हुनु अघि दुवै देशका शीर्ष कूटनीतिज्ञहरूबीच  बैठक हुने साउदी सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरबका साथै  इरानले पनि द्विपक्षीय सम्बन्ध पुनः स्थापनामा जनवादी गणतन्त्र चीनको नेतृत्व र सरकारले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरेको छ ।

आफ्नो एक दशकको सत्ता यात्रामा राष्ट्रपति सीको सक्रिय भूमिकाका कारण इरान र साउदी एकै स्थानमा जुट्न भएको सम्झौतालाई कूटनीतिक विश्लेषकहरूले विश्व मामिलामा सीको लागि ठूलो सफलता भनेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : २२ बजे

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्पडमा पत्रकारसँग भिडे

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट

पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी छोड्न लागेको

विध्वंशले निम्त्याएको तनाव कसरी व्यवस्थापन गर्ने ?

जेनजीको आन्दोलनमा स्कूले पोसाकमा थुप्रै किशोर किशोरीले वीरगति प्राप्त गरे

चुनाव ६ महिनामा सम्भव छ : निर्वाचन आयोग

काठमाडौँ – ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोग

मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्याङ्कनपछि सेवा सुरु गरिने

विराटनगर– मोरङ जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले जेनजी प्रदर्शनका क्रममा भएको