रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण « Khabarhub

रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसको अवसरमा आज रुपन्देहीका पत्रकारका लागि निःशुल्क आँखा जाँच गरिएको छ ।

नेत्र ज्योति सङ्घको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निःशुल्क आँखा जाँच गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकार डा बालकृष्ण चापागाईले पत्रकारको स्वास्थ्यलाई मध्यनजर गरी महासङ्घले आँखा शिविर राखेर राम्रो काम गरेको बताए ।

कार्यक्रममा नेत्रज्योती सङ्घ रुपन्देहीका सभापति कमलराज जोशीले देशैभर पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने समझदारीअनुसार रुपन्देहीमा शिविर गरिएको बताए । त्यस्तै लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान रणअम्बिका आँखा अस्पतालका निर्देशक प्रा डा ज्ञानेन्द्र लामिछानेले आँखामा समस्या आउँदा पनि रोग पालेर बस्ने बानी धेरैजसोमा रहेकाले त्यसो नगर्न सुझाव दिए।

रुपन्देहीका पत्रकारका लागि आयोजना गरिएको निःशुल्क आँखा जाँचमा ७२ जनाले परीक्षण गराएका छन् । यसमध्ये ५८ जनालाई औषधि र १७ जनाको दृष्टिदोष देखिएकाले चस्मा वितरण गरिएको महासङ्घ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिनुभयो । शिविरमा नेत्रज्योति सङ्घ रणअम्बिका आँखा अस्पताल भैरहवाका वरिष्ठ नेत्र अधिकृत एवं कार्यक्रम संयोजक सञ्जिव अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी खटिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ३४ बजे

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई