चेन्नाईलाई राजस्थानले ३२ रनले हरायो « Khabarhub

चेन्नाईलाई राजस्थानले ३२ रनले हरायो


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए रातिको खेलमा राजस्थान रोयल्सले सानदार जित निकालेको छ।

राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको आईपीएलको ३७औं खेलमा चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो ।

यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । आठ खेलमा पाँच जित र तीन हारका साथ राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ । आठ खेलमा पाँच जित र तीन हारका साथ चेन्नाई तेस्रो स्थानमा खस्किएको छ ।

यस सिजन दुई टोलीबीचको पहिलो भेटमा पनि राजस्थानले रोमान्चक जित निकालेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ०७ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक