तरकारी र फलफूलको आजको मूल्य थाहा पाउनुहोस् « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य थाहा पाउनुहोस्


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ११० रुपैयाँ, भ्यान्टा लाम्चो ४० रुपैयाँ, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १९० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ३९ बजे

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४