अस्मिताको ‘लभ पर्ला जस्तो छ’मा प्रियंका र नाजिरको रोमान्स « Khabarhub

अस्मिताको ‘लभ पर्ला जस्तो छ’मा प्रियंका र नाजिरको रोमान्स


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार ‘लभ पर्ला जस्तो छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र  मिक्सिङ किशोर थापाको रहेको छ । छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा निर्देशक दिनेश माङ्मु लिम्बूले भिडियो तयार पारेका हुन् ।

राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना तथा छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो ।

हेर्नुस् भिडियो 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : २३ बजे

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले